विराटनगर,१६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नु भएको बार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिकिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवं व्यापारीहरुले सञ्चारकर्मीे सामूहिक रुपमा बजेट भाषणको अन्त्यमा प्रतिक्रिया दिनुभएको थियो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट […]
विराटनगर १५ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ […]
विराटनगर १५ जेठ । सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति […]
विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६ औं गणतन्त्र दिवसको अवसर शुभकामना दिदै राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेको बताउनु भएको छ । गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको उहाँले बताउनुभयो । भौतिक विकास तर्फ भएको उल्लेख्य […]
विराटनगर १४ जेठ । कोशी प्रदेशको नामकरण विरुद्ध प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन । सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन । प्रदेशसभा भवन अगाडी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीवीच ढुङ्गामुढा हुँदा दुर्वतर्फका गरी […]