भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएकाहरु सम्पत्ति शुद्धीकरणको जिम्मामा

विराटनगर १८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएका चार जनालाई प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ । यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मा लगाइने छ । धरौटीमा रिहा गर्न आदेश दिएका नरेन्द्र केसी, आशिष बुढाथोकी, हरिभक्त महर्जन, शमेशर मियाले अदालतले मागे बमोजिम धरौटी बुझाए लगत्तै […]

बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १८ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गर्नुभएको हो । “अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट […]

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनको आदेश

विराटनगर १५ मंसिर । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । त्यस्तै, […]

सामाजिक कार्यमा लायन्स क्लवको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर १५ मंसिर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको बताउनु भएको छ । लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पुर्याएको सहयोगको प्रशंसा गर्नु भयो […]

कृषकका समस्या समाधान गर्छु : मुख्यमन्त्री कार्की

विराटनगर १४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनु भएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले कृषकहरुले लिखित रुपमा उपलव्ध […]