विराटनगर १८ माघ । जिल्ला समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजन मेहताले कोशी प्रदेश सरकार अन्तर्गतका जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष हुने व्यवस्था हटाउने निर्णय अविलम्व खारेज हुनु पर्ने माग गर्नु भएको छ । कोशी प्रदेश सरकारले यही माघ ६ गतेको मन्त्रिपरिषदको वैठकद्वारा जनस्वास्थ्य ऐन २०७७ को दफा (३१) को […]
विराटनगर १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ । मुलुकको अर्थतन्त्र चरम संकटमा परेको अवस्थामा सांसदहरुलाई सेवा सुविधा थपगर्ने कुराले नेपाली कांग्रेसका साथीहरुलाई पिडावोध गराएको उहाको भनाई थियो । समुदायमा कांग्रेस अभियानको विराटनगरमा […]
विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गर्नुभयो । डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा […]
विराटनगर १५ माघ । कोशी प्रदेश सरकारको मनोमानीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले प्रदेश संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोमबार पत्रकार सम्मेलन गर्दै कानुनका मान्य सिद्धान्तविपरीत स्वेच्छाचारी र निरंकुश ढंगले सरकार चलिरहेको टिप्पणी गर्नुभयोे । एमालेले संसदीय दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै औपचारिक धारणा सार्वजनिक गरेर सरकारको मनोमानीपूर्ण […]
विराटनगर १४ माघ । सत्ता गठबन्धनका संसदीय दलका नेता र सचेतकहरूलाई गाडी सुविधा दिनकालागि कोशी प्रदेश सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेको छ । प्रदेश सभामा रहेका सत्ता गठबन्धनका संसदीय दलका नेता र सचेतकहरूलाई गाडी सुविधा नभएपछि सुविधा उपलब्ध गराउन मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको परिश्रमिक […]