मोरङमा घरेलु उद्योग अन्तर्गत ३० हजार उद्योगमा ४५ अर्ब लगानी, तीन लाखलाई रोजगारी

विराटनगर १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेका छन् । ती उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला […]

धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन : प्राधिकरण

विराटनगर १५ फागुन । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले बताएको छ । साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको […]

इलाम २ को उपचुनाव : २४ चैतमा उम्मेदवारी दर्ता

विराटनगर १४ फागुन । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ । चैत २४ मा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते […]

नेशनल टी–२० च्याम्पिनसीप : उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने

विराटनगर १४ फागुन । नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । आगामी फागुन २२ गतेदेखि विराटनगरमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । विराटनगर १९ को बैजनाथपुर खेल मैदानमा चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी […]

कोशी प्रदेशमा आज देखि शुरु भयो दादुरा–रुवेला विरुद्धको खोप अभियान

विराटनगर १३ फागुन । दादुरा–रुवेला विरुद्धको खोप अभियान आज देखि कोशी प्रदेशमा शुरु भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्र्तगत कोशी प्रदेसमा अभियान शुरु भएको हो । विराटनगर–१५ स्थित जनविकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका विच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार सुनवारले अभियानको शुभारम्भ गर्नुभयो […]