डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली कार्यालय प्रमुख विहीन

विराटनगर १८ फागुन । डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ । कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशास कार्यालय प्रमुखविहीन भएको हो । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । प्रशासन कार्यालयमा काम लिए आउने सेवाग्राहीले हप्ताको मंगलबार र शुक्रबार मात्रै कार्यालयबाट सेवा प्राप्त गरिरहेका […]

सरस्वती र वालिका स्कुल अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

विराटनगर १८ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । […]

स्वास्थ्य बीमाबाट कोशी अस्पतालले १८ करोड रुपैयाँ पाउन बाँकी

विराटनगर १७ फागुन । कोशी अस्पताल विराटनगरमा स्वास्थ्य बीमा अन्र्तगत उपचारका लागि पुग्ने विरामीको संख्या बढ्दै गएका छन् । चालु आर्थिक वर्ष ०८० श्रावणदेखि हालसम्म स्वास्थ्य बीमामार्फत विभिन्न उपचारका लागि अस्पतालमा ८३ हजार ३ सय ९० जनाले सेवा लिएका छन् । गतवर्ष यसै अवधिमा ७३ हजार ५ सय ३ जना विरामीले स्वास्थ्य बीमा सेवा लिएका […]

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर १७ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ । विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आदर्श स्कुल र बालिका स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश […]

विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने तयारी

विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय […]