विराटनगर २१ चैत । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार राती सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ […]
विराटनगर २० चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोज, आयआर्जन, , वित्त व्यवसायी , वित्त साक्षरतमा बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको विचार व्यक्त्त […]
विराटनगर २० चैत । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार राती सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । […]
विराटनगर, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बत्रु पर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘ जनजागरण सभा’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुंदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा […]
विराटनगर १९ चैत । विराटनगर–८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुलले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको प्रति विराटनगर १० मा रहेको नेशनल एकाडेमीले आपत्ती जनाएको छ । नयाँ शैक्षिक सत्र २०८१ देखि साविकको बालवाटिका स्कुल नेशनल एकाडेमीको स्वामित्वमा सरेपनि विद्यालयले आफुखुशी सम्झौता विपरितको कार्य गरेको नेशनल एकाडेमीको भनाई छ । नेशनल एकाडेमीले आज पत्रकार सम्मेलन गरी […]