मोरङका उद्योगी र बैंकर्सले भने –आ.व. २०८१–०८२ को मौद्रिक नीति सकारात्मक

विराटनगर १५ साउन । मोरङका उद्योगी व्यवसायी र बैंकर्सले आ.व. २०८१–०८२ को मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनीहरुले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र वैंकले आ.व. २०८१-८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका सन्र्दभमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितिमा उद्योग संगठन […]

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख परिवर्तन

विराटनगर १५ साउन । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको  हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । […]

आज साउन १५, खीर खाने दिन

विराटनगर १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले […]

कोशीमा संयुक्त सरकार बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर, १४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनु भयो । […]

समाज सेवामा लायन्स क्लवकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर १२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना कार्यक्रममा मुख्यमन्त्री कार्कीले क्लबले  समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड   दिनुभयो । मुख्यमन्त्री कार्कीले राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने […]