विराटनगर २२ असार । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाउँदै छन । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक […]
विराटनगर २१ असार । एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान हालसम्म अपराजित रहेका छन । दुवै टोलीको समान ६ अंक र १७ गोल रहेको छ । यी दुई टोलीले अहिलेसम्म गोल […]
विराटनगर २१ असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ । नागरिक उन्मुक्तिले संघ सरकारबाट पनि बाहिरिएर समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए प्रधानमन्त्री वा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री […]
विराटनगर १९ असार । समयमा नै सावधानी अपनाउन नसके यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ । डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा […]
विराटनगर १९ असार । मोरङको कटहरीमा ट्याक्टर चालकको आक्रमणमा परेर गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार ना ५ ख ५६१६ नम्बरको ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको हो । उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि […]