कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर ३१ चैत । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगर १९ वजैनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आज भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई […]

अलपत्र याेजना निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

विराटनगर ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राेकिएका याेजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनु भएकाे छ । आज झापाको गाैरादहमा नगर अस्पतालकाे शिलान्यास गर्दै उहाँले राेकिएका सडक याेजना तथा पूवा‌धारलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयाे । उहाँले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताउनुभयाे । उहाँले भन्नुभयाे`अब अहिले बजेट […]

देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाई

विराटनगर ३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले आज झापाको दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन […]

जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर ३० चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्रमा कसैलाई पनि विध्वंश गर्ने छुट नभएको बताउनु भएको छ । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले जनविरोधी शक्तिहरुलाई नसल्बलाउनसमेत चेतावनी दिनुभयो । नेकपा एमाले कोशी प्रदेशले दमकमा आयोजना गरेको जनजागरण सभामा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले यसविरुद्ध उभिने जो–कोहीलाई जनताले बहिष्कार गर्ने […]

कोशी प्रदेश सरकारद्धारा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्न सुरु

विराटनगर २९ चैत । कोशी प्रदेश सरकारले सिमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ। आज जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरु गरिएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरुवात गर्नुभएको हो। आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र […]