निजामती कर्मचारीका ८ र स्वास्थ्यका ४ ट्रेड युनियनको दर्ता खारेज

विराटनगर २३ वैशाख । सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले बुधबारको निर्णय अनुसार ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ । खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय […]

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

विराटनगर २२ वैशाख । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन […]

राष्ट्रपति पौडेलद्धारा संवैधानिक परिषद् संवन्धी अध्यादेश जारी

विराटनगर २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले […]

मोरङका सुकुम्बासीहरु आन्दोलित

विराटनगर २१ वैशाख । मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरू संगठित रूपमा आन्दोलनमा उत्रिएका छन् । सुन्दरहरैँचा, लेटाङ र पथरीशनिश्चरे लगायतका स्थानमा सोमबार र आइतबार छुट्टाछुट्टै प्रदर्शनहरू भएका छन् । आन्दोलनले सुकुम्वासीमा बढ्दो असन्तोष र त्रासलाई सतहमा ल्याएको छ । डोजर प्रयोग गरेर बस्ती हटाइने सम्भावित सरकारी कदम, काठमाडौंमा हालै […]

महिला उद्यमीको आर्थिक विकासका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री कार्की

विराटनगर २१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक रुपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको  छ । नेपाल उद्योग परिसंघद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले महिला उद्यमीलाई प्रदेश सरकारले दुई देखि छ वर्षसम्म व्याज अनुदानमा १२ बैकमार्फत छ प्रतिशत व्याजमा कर्जा उपलव्ध गराउने व्यवस्था […]