सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्रमा भूकम्प

विराटनगर १५ फागुन । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास आज बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना […]

निर्वाचन सुरक्षाका लागि सबै प्रदेशमा एआईजी परिचालन

विराटनगर १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई कमाण्ड सम्हाल्न खटाएको छ । निर्वाचन सुरक्षालाई चुस्त बनाउन प्रहरी प्रधान कार्यालयले विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेशगत जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको हो । जसअनुसार कोशी प्रदेशमा राजन अधिकारी, मधेशमा डम्बर विक, […]

चुनावको तयारी अन्तिम चरणमा, १६५ वटै क्षेत्रमा पुर्याइयो निर्वाचन सामग्री

विराटनगर १४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए […]

निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध

विराटनगर १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ । जिल्ला […]

निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

विराटनगर १२ फागुन । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचन आयोगले मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र सुरक्षा तथा व्यवस्थापनमा सहजता ल्याउन […]