प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश

विराटनगर २ पुस । सर्वाेच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेशसमेत गरेको छ । रिटमाथि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र […]

डा. शेखर कोइरालाले भने–पार्टी अध्यक्षलाई स्थानहद तोकेर सरकारले कस्तो चुनाव गर्न खोज्दैछ ?

विराटनगर २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले चुनावको वातावरण बनाउन नसकेको बताउनु भएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपनि सरकारले शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा डा. कोइरालाले राजनीतिक दलको अध्यक्षलाई उपत्यका नछाड्न भन्दै स्थान हद […]

कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न व्यवसायीहरूको जोड

विराटनगर २ पुस । कोशी प्रदेशका उच्च मूल्य भएका कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । आज विराटनगरमा इनोभेट नेक्स्ट इम्प्याक्ट संस्थाले आयोजना गरेको कोशी प्रदेशका निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरू सम्बन्धी सार्वजनिक–निजी सम्वाद कार्यक्रमका सहभागीहरूले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न सरकारी निकायसँग जोड गरेका हुन् । कार्यक्रममा […]

निर्वाचन पर्यवेक्षणका लागि ३१ संस्थालाई आयोगको अनुमति

विराटनगर १ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले आयोगले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षणको जिम्मेवारी दिएको हो । निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपश्चात कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त […]

एमाले महाधिवेशन : भाेलि विहान ८ बजेबाट मतदान हुने

विराटनगर १ पुस । नेकपा एमालेको नयाँ नेतृत्वका लागि बुधबार विहान ८ वजेदेखि मतदान हुने भएकाे छ । आज साँझ ७ बजेबाट मतदान हुने बताइएपनि प्राविधिक कारण बुधबार विहान देखि हुने भएकाे हाे। यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ […]