कोशी प्रदेश सरकारद्धारा उद्यमशीलताको विकासका ‘उदय’ परियोजना सुरु

विराटनगर १३ भदौ । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ […]

सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त : राष्ट्रपति पौडेल

विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिनु भएको  छ । मादी माध्यमिक विद्यालय संखुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । […]

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनुले संविधानको औचित्य समाप्त हुँदैन : प्रचण्ड

विराटनगर १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कालापानी–लिपुलेक लगायतका सीमा समस्या भारतसँग सम्वादबाट समाधान गर्नुपर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको जानकारी गराउनु भयो । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत […]

राष्ट्रपति पौडेल आज संखुवासभा आउँदै

विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल आज सङ्खुवासभा आउँदै हुनुहुन्छ । संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव समारोहको उद्घाटन गर्न राष्ट्रपति पौडेल आउन लाग्नु भएको हो । मादी माध्यमिक विद्यालय सङ्खुवासभाकोमात्र नभई कोशी प्रदेशकै शैक्षिक इतिहास बोकेको गौरवशाली संस्था मानिन्छ । स्थापनाकालदेखि नै शिक्षाको विस्तार र सामाजिक चेतनाको संवाहक रहँदै […]

अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी

विराटनगर ११ भदौ । नीजि विद्यालय सञ्चालकहरुले अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी दिएका छन् । शिक्षा ऐन संशोधनको माग राखेर आन्दोलित भएका नीजि विद्यालय सञ्चालकहरु गोलबद्ध हुँदै निरन्तर खबरदारी गरिरहेका छन् । आज देशभरमा जिल्ला व्यापी अन्तरक्रिया गर्दै खबरदारी गरिरहेका नीजि विद्यालय सञ्चालकहरुले अहिले ल्याउन लागिएको ऐनले नेपालको शिक्षालाई ध्वस्त […]