ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्नेमा जोड

विराटनगर ११ असोज । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्ने बताउनु भएको छ । ऐन, कानुनहरु अपाङ्गतामैत्री भएमा सवैका लागि हुने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश विराटनगरले आज आयोजना गरेको प्रदेशका विद्यमान नीति तथा कानून विश्लेषणको निश्कर्षबारे छलफल र समावेशी कानुन निर्माणका लागि योजना निर्माण कार्यशालामा उपसभामुख दनुवारले सो कुरा […]

विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै

विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन […]

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

विराटनगर २० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको […]

भ्रामक समाचार विरुद्ध कानुनी उपचारमा जान्छौं : जय मिडिया म्यानेजमेन्ट

विराटनगर १८ भदौ । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगितालाई बदनाम गराउने उद्देश्यले कपोकल्पित र भ्रामक समचार प्रकाशित गर्ने केही अनलाइन विरुद्ध आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रा. लि. कानुनी उपचारमा जाने भएको छ । प्रालिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । केही दिन अगाडी सुनसरीको धरानबाट सञ्चालित […]

मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवसमा सचेतनामुलक कार्यक्रम गरिने

विराटनगर १५ भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसका अवसरमा विराटनगरमा सचेतनामुलक कार्यक्रम गरिने भएको छ । आज माईती नेपालमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकमा सो निर्णय गरिएको छ । मानव वेचविखन तथा ओसार पसार विरुद्धकोको १७ औं दिवसका दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयमा […]