राष्ट्रसेवक सहकारीद्धारा चालु आ.व. ४४ करोड ७२ लाखको कारोबार गर्ने लक्ष्य

विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]

मोरङका वडा–वडामा माईती नेपालको मानव बेचबिखन तथा ओसार पसार विरुद्धको समिति

विराटनगर ७ पुस । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानलाई प्रभाकारी बनाउन मोरङका पालिकाहरूमा ओसार पसार विरुद्धको समिति गठन हुन थालेको छ । माइती नेपाल विराटनगर कार्यालयले मोरङ लेटाङ नगरापालिका, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र जहदा गाउँपालिकामा पालिका स्तरीय समिति गठन गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार मानव बेचबिखन […]

गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट पत्रकार निरौला सहित चारजना सम्मानित

विराटनगर, ६ पुस । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले आज विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला […]

ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग 

विराटनगर ५ पुस  । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट  सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतलाई डेल ब्रान्डको कम्प्युटर सेट र प्रिन्टर […]

दलित अभियान्ता नेपाली र पोर्तेल पुरस्कृत

विराटनगर ३ पुस । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत हुनु भएको छ । आज नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार […]