बेरोजगार यूवाहरुलाई लक्षित गरि मोरङको कटहरी गाँउपालिकाद्धारा हलुका सवारी चालक तालिम सञ्चालन

विराटनगर, २० माघ । मोरङको कटहरी गाँउपालिकाले हलुका सवारी चालक तालिम दिन शुरु गरेको छ । बेरोजगारीका कारण धेरै युवाहरु विदेशीने गरेका कारण अन्तराष्ट्रिय श्रम बजारमा अत्यधिक माग भएको हलुका सवारी चालकका लागि दक्ष र सक्षम युवाहरु उत्पादन गर्ने उद्देश्यले कटहरी गाँउपालिकाले तालिम आयोजना गरेको अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो । कटहरी गाँउपालिका वडा नं. […]

सुनसरीको धरानमा राष्ट्रिय प्राविधिक महोत्सव डेल्टा ५.०

धरान, १९ माघ । सुनसरीको धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि राष्ट्रिय प्राविधिक महोत्सव डेल्टा ५.० जारी छ । कृषि र नविनताका लागि प्रविधि विषयवस्तुमा आधारित यो महोत्सव माघ  २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील […]

‘कमरेड हिजो र आज’ लोकार्पण, एमाले उपाध्यक्ष शाक्य सहित एक दर्जन सम्मानित

विराटनगर १९ माघ । एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका वीच पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा उहाँले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताउनुभयो । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान […]

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई दिईने

विराटनगर १९ माघ । प्रेस चौतारीले मोरङ कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने भएको छ । हरेक वर्ष माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण हुदै आएको पुरस्कार यस वर्ष नेपाल टाइम्सका समाचार प्रमुख नेपाललाई दिने निर्णय गरिएको हो । आज मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले छनोट समितिले […]

‘कमरेड हिजो र आज’ पुस्तकका मुख्यपात्रहरु सम्मानित हुने

विराटनगर १७ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको माघ १९ गते शनिबार विराटनगरमा विमोचन गरिदैछ । विमोचनका अवसरमा पुस्तकमा समेटिएका मुख्यपात्रहरुलाई सम्मानित गरिने भएको छ । पुस्तकका मुख्य पात्रहरुलाई जनही र अन्य पात्रहरुलाई सामुहिक रुपमा सम्मान गरिने भएको छ । विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर […]