बाल विवाह कानूनी अपराध : मुख्यमन्त्री कार्की

विराटनगर १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहिवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामीसबै जिम्मेवार […]

विराटनगरका छात्राहरुका लागि आत्मरक्षा तालिम

विराटनगर १ फागुन । विराटनगरका सामुदायिक विद्यालयका छात्राहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम आज देखि शुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनामा आजदेखि तीन दिने तालिम शुरु भएको हो । सत्यनारायण माविमा शुरु तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका एक सय जना छात्राहरु सहभागि भएका छन् । […]

प्रेस चाैतारी काेशीकाे अध्यक्षमा सुमन पुरी निर्वाचित

विराटनगर ३० माघ । प्रेस चाैतारी काेशी प्रदेशकाे अध्यक्षमा सुमन पुरी निर्वाचित हुनुभएको छ । विराटनगरमा आज सम्पन्न दाेश्राे प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हाे । पुरी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । चाैतारी काेशी प्रदेशकाे उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्याेति चाैहान, महासचिवमा बाबुराम भण्डारी र काेषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित […]

प्रेस चौतारी कोशी प्रदेशको दोश्रो अधिवेशन आज

विराटनगर ३० माघ । प्रेस चौतारी कोशी प्रदेशको दोश्रो अधिवेशन आज विराटनगरमा हुँदैछ । विराटनगरको होटल कञ्चनजंघामा विहान ९ वजेदेखि शुरु हुने अधिवेशन आजै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अविजाल विष्टले बताउनुभयो । अधिवेशन पूर्व मंगलबार साँझ बसेको कार्यसमितिको बैठकले आज अधिवेशनमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदन […]

मानव बेचबिखन तथा नियन्त्रणमा दलाल र अभिभावकबाट चुनौती

विराटनगर २९ माघ । विराटनगर रानी नाका हुँदै भारत जान खोज्ने २०२ जना महिला तथा बालिकालाई माईती नेपाल विराटनगरले रोकेको छ । मानव बेचविखनको जोखिममा परेका उनीहरुलाई सीमाक्षेत्रबाट रोकिएको माइती नेपालले जनाएको छ । गत वर्षको मार्च देखि फेब्रुअरी १० सम्मको अवधिमा २०२ जनालाई सीमाक्षेत्रबाट रोकिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]