संसारी माईस्थान मन्दिरको साधारणसभाका लागि अन्तरिम समिति गठन

विराटनगर, २५ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गेली नगरपालिका–७ स्थित संसारी माईस्थान मन्दिरको साधारणसभा सम्पन्न गर्न पाँच सदस्यीय अन्तरिम समिति गठन गरेको छ। लामो समयदेखि मन्दिरको साधारणसभा हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्थापन समिति चयनका लागि अन्तरिम समिति गठन गरेको हो। मन्दिरलाई थप व्यवस्थित बनाउँदै नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले समिति गठन […]

आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व : राष्ट्रपति पौडेल

विराटनगर २४ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताउनुभएको छ। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्नुभयो। परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिको विशिष्ट पहिचान, भाषा, […]

ओलीको निर्देशन आए मुख्यमन्त्री कार्कीले तत्काल राजीनामा दिने : राई

विराटनगर २४ साउन । नेकपा (एमाले) का कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा दिने बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले अध्यक्ष ओलीको निर्देशनअनुसार मुख्यमन्त्री कार्कीले निर्देशन अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउनुभएको दाबी गर्नुभयो। उहाँका अनुसार अहिले मुख्यमन्त्री कार्की नेतृत्वकै सरकारमा नेपाली कम्युनिष्ट […]

केदारनाथमा फहराइयो विराट स्पोर्ट्स जोनको झण्डा

विराटनगर, २४ साउन ।  विराट स्पोर्ट्स जोनका दुई कर्मचारीले भारतको प्रसिद्ध धार्मिकस्थल केदारनाथ धाममा कम्पनीको झण्डा फहराएका छन्। केदारनाथ तीर्थयात्रामा रहेका कर्मचारीद्वय विकासबाबु राउत र रोहन कार्कीले केदारनाथ धाममा पुगेर विराट स्पोर्ट्स जोनको झण्डा फहराएका हुन्। कम्पनीप्रतिको आत्मीयता र समर्पण दर्शाउने कर्मचारीद्वयको कार्यप्रति अध्यक्ष हरिप्रसाद बजगाईंले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्। विराट स्पोर्ट्स जोनले […]

कोशी प्रदेश सरकार गठनका लागि एमाले–नेकपावीच छलफल शुरु

विराटनगर २२ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) बीच औपचारिक छलफल सुरु भएको छ । विराटनगरस्थित मुख्यमन्त्री निवासमा शुक्रबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मन्त्रालय बाँडफाँट, साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका […]