जग्गा मागदाबी गर्नुको कुनै तुक नभएको मदन भण्डारी स्मृति प्रतिष्ठानको भनाई

उर्लाबारी २३ माघ । मदन भण्डारी स्मृति प्रतिष्ठानले नेपाल सरकारबाट वैधानिक रुपमै प्राप्त गरेको जग्गा कसैका आग्रह र विरोधकै कारण खाली नहुने स्पष्ट पारेको छ । प्रतिष्ठानको मुख्य कार्यालय उर्लाबारी मंगलबारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा खेल मैदान वा अन्य कुनैपनि प्रयोजनका लागि प्रतिष्ठानले दोस्रो पक्षका लागि जग्गा उपलब्ध गराउनुपर्ने सवाल नै असान्दर्भिक र अनुपयुक्त भएको […]

सिग्देल युवा पत्रकारिता पुरस्कार अधिकारीलाई

विराटनगर २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पत्रकार रञ्जना अधिकारीलाई प्रदान गरिएको छ । स्थापना दिवसको अवसरमा वितरण गर्ने गरि प्रेस चौतारी मोरङले स्थापना गरेको पत्रकारिता पुरस्कार मोरङ इटहराको सुनाखरी एफएममा कार्यरत अधिकारीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार रहेको छ । […]

ग्रामथानको संरक्षण गर्न समिति गठन : विराटनगर अध्यक्षमा तिलक राजवंशी

विराटनगर २० माघ । परापूर्व कालदेखि कुल देउताको रुपमा पुजा गर्दै आएको ग्रामथानहरु विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि आदीवासी समुदायहरु संगठित हुन थालेका छन् । आज विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विरनारायण […]

एकल महिलाहरुद्धारा आरक्षणको माग

विराटनगर १८ माघ । एकल महिलाहरुले राज्यबाट आफुहरु उपेक्षामा परेको गुनासो गरेका छन् । उनीहरुले एकल महिलाका लागि पनि कोटा आवस्यक भएको बताएका छन् । राष्ट्रिय महिला आयोगले आज विराटनगरमा आयोजना गरेको एकल महिलाहरुको सुरक्षा सम्बन्धमा नीतिगत तथा कार्यक्रम पृष्ठपोषणका लागि सरोकारवालाहरुसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा एकल महिलाहरुले सो माग गरेका हुन । मानव अधिकारका […]

विराट देव सेवा समितिद्धारा एक सय ६८ जनालाई सम्मानित

विराटनगर १३ माघ । विराट देव सेवा समितिले जग्गा दता हिराप्रसाद देव र गौरीदेवी देव सहित एक सय ६८ जनालाई सम्मान गरेको छ । विराटनगर–१३ स्थित समितिले आयोजना गरेको प्रथम वार्षिक उत्तसव र सम्मान कार्यक्रमा उहाँहरुलाई सम्मान गरिएको हो । देवले विराट देवा समितिको नाममा विराटनगर–१३ सैनिक टोलमा एक करोड बराबरको एक कट्ठा ७ धुर […]