कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

विराटनगर, २७ साउन । सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका हुन्। कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले सरकारमा सहभागी सबै कांग्रेसका मन्त्रीले राजीनामा दिएको जानकारी दिनुभयो। नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन दबाब […]

विराटनगरमा टिभीएस अरविटर इलेक्ट्रिक स्कुटर सार्वजनिक

विराटनगर २७ साउन । जगदम्बा मोटर्सले विराटनगरमा टिभीएस अरविटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको आधिकारिक विक्रेता पश्र्वनाथ डेभलपर्सका प्रवन्ध निर्देशक प्रशान्त तातेडले एक कार्यक्रमकावीच इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्नु भएको हो । इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै उहाँले विराटनगरमा टिभीएस अरविटर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अरविटरले दुईपाङ्ग्रे इभी बजारमा अग्रणी बन्ने […]

एभरेस्ट स्कुलका ५१ विद्यार्थी स्काउटमा दीक्षित

विराटनगर २७ साउन । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको एभरेस्ट स्काउट टु«पले बुधबार एक विशेष समारोहका बीच ५१ जना विद्यार्थीलाई दीक्षित गरेको छ । नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्ययतामा सो दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा सदस्यता तहका ३० छात्रा र १० छात्र गरी ४० जना तथा बीपी पीक […]

अपराध हुन नदिने गरी सुरक्षा रणनीति बनाउँछौं : डीआईजी खनाल

अपराध हुन नदिने गरी सुरक्षा रणनीति बनाउँछौं : डीआईजी खनाल विराटनगर २६ साउन । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले अपराध भइसकेपछि अनुसन्धान र कारबाही गर्नुभन्दा अपराध हुनै नदिने गरी प्रहरीको सुरक्षा रणनीति अघि बढाइने बताउनुभएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा वार्षिक प्रगति विवरण तथा आगामी कार्यदिशा सार्वजनिक […]

माइती नेपालको सामाजिक परीक्षण : ८८ जनालाई सीमा नाकाबाट फर्काइयो

विराटनगर २६ साउन । माईती नेपाल विराटनगरले पछिल्लो एक वर्षमा मानव बेचविखनको जोखिममा रहेका ८८ जनालाई सीमा नाकाबाट फर्काएको छ । फर्काइएका सवै परिवारमा पुर्नस्थापना भईसकेको माईती नेपाल विराटनगरले जनाएको छ । आर्थिक वर्ष २०८२–०८३ को सामाजिक परीक्षण कार्यक्रममा आज विराटनगर संयोजक विनोद पोखरेलले २०८२ साउन देखि २०८३ असार सम्म विभिन्न १९ जिल्लाका ८८ जना […]