विराटनगर १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयसीमा भित्र नै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बनाउनु भएको हो । महामन्त्री घिमिरेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको प्रष्ट पार्दै आफ्ना पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यहरुको अध्यवधिक […]
विराटनगर १२ जेठ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाईने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते सम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा , स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा […]
विराटनगर, १२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेटमा मुख्य रुपमा उत्पादन, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३/ ८४ को बजेट तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले बजेटले स्थानीय उत्पादनको प्रवर्धन, गरिबी निवारण, पर्यटन विकासलाई विशेष […]
विराटनगर ११ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले संगठन सुधृढीकरण अभियान तीव्र पारेको छ । वडा–वडामा कार्यकर्ता भेटघाट, सुझाव संकलनको महानगर कमिटीले गरिरहेको छ । अभियान अन्तरगत आज विराटनगर १५ मा पाँच दर्जन बढी व्यक्तिहरु विभिन्न राजनीतिक दल परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । स्थानीय रोशन ठकुरीको नेतृत्वमा ६५ जना एमालेमा प्रवेश गरेको […]
विराटनगर १० जेठ । शैक्षिक परामर्श व्यवसायीहरुको नियमनमा कोशी प्रदेश सरकारले ध्यान नदिएको राष्ट्रिय शैक्षिक परामर्श संघले कोशी जनाएको छ । प्रदेश सरकारलाई सरकारलाई पटक–पटक ऐन जारी गरी दर्ता, नविकरण तथा नियमन गर्न माग गर्दै आएपनि प्रदेश सरकारले सुनुवाई नगरेको संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रदेश सरकारले ऐन निमार्ण गरी शैक्षिक […]