सुन्दरहरैँचा २१ असाेज । मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आफ्ना १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएको छ।
शिक्षा क्षेत्रमा एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला शिक्षकलाई प्रविधिको ज्ञान र व्यावहारिक सीप प्रदान गर्दै कक्षाकोठाको शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले बताए।
आइएन्जी ग्रुपको सहकार्यमा आयोजित प्रशिक्षणमा विभिन्न विधामा दक्ष १० जनाभन्दा बढी एआई विज्ञ तथा प्रशिक्षकले शिक्षकहरूलाई प्रशिक्षण दिएका थिए। समूहगत रूपमा सञ्चालन गरिएको तालिममा एआईको आधारभूत अवधारणादेखि शिक्षण–सिकाइमा यसको प्रयोग, शैक्षिक सामग्री निर्माण, पाठयोजना तयारी, विद्यार्थीको सिकाइ सहजीकरण तथा सिर्जनात्मक कार्यमा एआईको उपयोगबारे जानकारी दिइएको थियो।
विद्यालयले एआईलाई केवल प्रविधिको नयाँ उपकरणका रूपमा नभई शिक्षण पद्धतिलाई समयानुकूल बनाउने महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइरहेको जनाएको छ। शिक्षकलाई एआईको सही र प्रभावकारी प्रयोगबारे दक्ष बनाउन सके त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने विद्यालयको विश्वास छ।
प्रिन्सिपल बस्नेतले समयसँगै शिक्षाको स्वरूप र सिकाउने तरिका पनि परिवर्तन हुँदै गएकाले विद्यालयले प्रविधिमैत्री शिक्षणलाई प्राथमिकता दिएको बताए।
प्रिन्सिपल बस्नेतले भने, “अब शिक्षकले प्रविधिलाई बाहिर राखेर गुणस्तरीय शिक्षण गर्न कठिन हुँदै गएको छ। एआईलाई सही ढंगले प्रयोग गर्न सके शिक्षकको कामलाई सहज बनाउनुका साथै विद्यार्थीको सिकाइलाई अझ सिर्जनात्मक र प्रभावकारी बनाउन सकिन्छ।”
प्रिन्सिपल बस्नेतका अनुसार एआईको प्रयोगले शिक्षकलाई विस्थापित गर्ने नभई शिक्षकको क्षमता र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने माध्यमका रूपमा लिनुपर्ने आवश्यकता छ। शिक्षकले एआईको सम्भावना, सीमितता र जिम्मेवार प्रयोग बुझ्न आवश्यक रहेको उनको भनाइ छ।
“हामी विद्यार्थीलाई भविष्यका लागि तयार गरिरहेका छौँ भने शिक्षक पनि भविष्यको शिक्षण पद्धतिसँग तयार हुनुपर्छ,” उनले भने, “त्यसैले एआई र रोबोटिक्सलाई शिक्षण–सिकाइसँग जोड्दै शिक्षक र विद्यार्थी दुवैलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने हाम्रो उद्देश्य हो।”
सिद्धार्थ सेकेण्डरी स्कुलले यसअघि नै एआई तथा रोबोटिक्ससम्बन्धी पुस्तक तथा अध्ययन सामग्रीको व्यवस्था गर्दै विद्यार्थीलाई प्रविधिसँग जोडेर सिक्ने वातावरण निर्माण गर्दै आएको जनाएको छ। विद्यालयले आगामी दिनमा एआई, रोबोटिक्स तथा अन्य आधुनिक प्रविधिलाई शिक्षण–सिकाइमा थप एकीकृत गर्दै प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्ने योजना अघि सारेको छ। २०० शब्दकाे समाचार सम्पादन गरि बनाईदेउ न ।