एसईईमा उत्कृष्ट हुनेको रोजाईमा मेरिल्याण्ड, ८५३ विद्यार्थीको स्वागत

विराटनगर २१ जेठ । विराटनगरको मेरिल्याण्ड कलेज एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको रोजाईमा परेको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये ४५ जनाले ३.९ देखि ४.० जीपीए ल्याएका छन् । कलेजका निर्देशक भेषराज पोखरेलले ४.० जीपीए ल्याउने ६ जना रहेको बताउनुभयो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई कलेज सम्मान गरेको छ । विद्यार्थीलाई कलेजका […]

विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत ’ प्रतियोगिता हुने

विराटनगर २० जेठ । मैथली विकास अभियान विराटनगरले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना हुने भएको छ । आधुनिकताको बढ्दो प्रभावका कारण लोप हुने अवस्थामा पुगेका मैथिली समुदायका विवाह तथा अन्य संस्कारमा गाइने मौलिक लोकगीतहरूलाई संरक्षण र सम्वद्र्धन गर्न यस पटक ‘गीत–नाद’ प्रतियोगिता यही […]

कोशी प्रदेश आम सञ्चार सम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन गर्छौ : मन्त्री पराजुली

विराटनगर १८ जेठ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सरकारले श्रमजीवी पत्रकारको सुरक्षा र हकहितका लागि आम सञ्चार सम्बन्धी ऐन ल्याएको र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सञ्चारकर्मीले नयाँ सूचना प्रविधिसंग आवद्ध भई क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिँदै यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनु भयो […]

विराटनगर ढुवानी व्यवसायी संघको वार्षिक साधारणसभा

विराटनगर, १७ जेठ । विराटनगर ढुवानी व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार मोरङको मिक्लाजुङ १ स्थित रमिते डाँडामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष सुशीलकुमार जोशीले ढुवानी व्यवशायीलाई एकढिक्का बनाउन १७ बर्ष अघि संस्था स्थापना गर्दाको क्षण आज गर्व गर्न लायक बनेको अनुभव […]

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल

विराटनगर, १७ जेष्ठ । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरुको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ । विद्यालयले मुल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ । शुक्रबार भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचको वार्षिक मुल्याङ्कन गरिएको हो । वार्षिक मुल्याङ्कनमा पास भएका सबैजना अघिल्लो चरणमा प्रवेश […]