अध्यक्ष ओली पक्राउको एमाले मोरङद्धारा विरोध

विराटनगर १५ चैत । नेकपा (एमाले) मोरङले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदम प्रतिशोधपूर्ण र गैरसंवैधानिक भएको आरोप लगाएको छ । एमाले मोरङले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री बालेन शाह (बालेन)लाई विरोधपत्रसमेत बुझाएको छ । प्रजिअ कटेलले विरोधपत्र प्रधानमन्त्री कार्यालय पठाइने बताउनुभयो । […]

यातायात कार्यालय सुनसरीमा अनियमिताको आरोप लागेका सत्याललाई मन्त्रालय तानियो

विराटनगर १५ चैत । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र)मा गम्भीर अनियमितताको आरोप लागेपछि कार्यालय प्रमुख सतिश सत्याललाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानिएको छ । बढ्दो गुनासो र अनुगमनबाट भेटिएको कैफियतलाई आधार बनाएर उनलाई विराटनगरस्थित कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तानिएको हो । मन्त्रालयले उनीमाथि औपचारिक छानबिन प्रक्रिया सुरु गरेको छ […]

नेपाल विजनेश कलेजका विद्यार्थीले सांगितिक च्यारीटी शो गर्ने

विराटनगर १३ चैत । नेपाल विजनेश कलेज विराटनगरका विद्यार्थीले सांगितिक च्यारीटी शो गर्ने भएका छन् । वीवीए सातौं सेमेष्टरका विद्यार्थीले आगामी चैत २७ गते विराटनगरको जैन भवनमा च्यारीटी शो गर्ने भएको हो । सांगितिक शोमा एमटी ८८४८ ब्याण्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ब्याण्डका कलाकार सहितको उपस्थितिमा आयोजित पत्रकार […]

कानेपोखरीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर १२ चैत। मोरङको कानेपोखरीमा टिपरले ठक्कर दिँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका पुरुषको मृत्यु भएको हो । प्रहरीका अनुसार जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहान ७ः४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो । टिपरको ठक्करबाट साइकलमा यात्रा गरिरहेका […]

काेशी प्रदेश सभामा अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश

विराटनगर, १२ चैत । कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्ताव स्वरुप सदनमा पेश भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सो प्रस्ताव पेश गर्दै प्रदेश सरकारको मातहतमा रहेको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट निजामति कर्मचारीलाई सक्षम, दक्ष तथा उहाँहरुको क्षमता अभिवृद्धि […]