विराटनगर १ जेठ । विजय लघुवित्त वित्तीय संस्थाले सुनसरीको बराहक्षेत्र ५ कालाबञ्जरमा आफ्ना ग्राहक सदस्यहरूका लागि वित्तीय सारक्षता कार्यक्रम गरेकाे छ ।
वैशाख ३० गते ब्ल्यु स्काइ पार्टी प्यालेसमा आयोजना गरिएकाे कार्यक्रममा घरायसी बजेट, बचत, कर्जा, बीमा, विप्रेषण, वित्तीय अनुशासन, डिजिटल वित्तीय सेवा, कालोसूची सम्बन्धी जानकारी, लघु उद्यम तथा व्यवसाय योजना निर्माण, जोखिम व्यवस्थापन लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र ५ का वडाध्यक्ष राेहित काफ्ले, केन्द्रीय कार्यालयका अनुगम अधिकृत तेजबहादुर खड्का, स्थानीय सुरक्षा निकायका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।
नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त “घ” वर्गको वित्तीय संस्थाको रूपमा विजय लघुवित्त संस्थाले आफ्ना ग्राहक सदस्यहरूलाई वित्तीय साक्षर बनाउने उद्देश्यले देशभर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
