नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल

विराटनगर, १७ जेष्ठ । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरुको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ । विद्यालयले मुल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ । शुक्रबार भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचको वार्षिक मुल्याङ्कन गरिएको हो । वार्षिक मुल्याङ्कनमा पास भएका सबैजना अघिल्लो चरणमा प्रवेश […]

राष्ट्रसेवक बचत तथा ऋण सहकारीद्वारा सहकारीहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया

विराटनगर १७ जेठ । सहकारीहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा दुईदिने छलफल कार्यक्रम विराटनगरमा शुरू भएको छ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी अध्ययन तथा सूचना केन्द्रले विराटनगरमा शनिवार आयोजना गरेको दुईदिने छलफलमा सहकारी शुद्धीकरणको मुद्दालाई जोड दिइएको छ । सहकारी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले नै सहकारी […]

अरनिकोद्धारा नयाँ विद्यार्थीको स्वागत, ५ विद्यार्थीलाई पूर्णछात्रबृत्ति प्रदान

विराटनगर १६ जेठ । अरनिको आवासीय मावि विराटनगरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत, अभिमुखीकरण तथा सम्मान गरेको छ । कार्यक्रममा ५ जना विद्यार्थीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रबृत्ति प्रदान गरिएको छ । एईईमा अरनिकोबाट ३.९१ जिपीए ल्याएर प्रथम हुने जेबा प्रविनलाई राजबहादुर तथा कमला कुँवर छात्रबृत्ति, कक्षा ११ को प्रवेश परीक्षामा […]

बजेटबाट कोशी प्रदेशका उद्योगी व्यवसायी उत्साहित

विराटनगर १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि संघीय सरकारले आज सार्वजनिक गरेको वजेटप्रति उत्साहित भएका छन् । उनीहरुले वजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटमार्फत सरकारले सुशासन र आर्थिक पुनरुत्थानलाई केन्द्रमा राख्दै शिथिल बनेको निजी क्षेत्रको मनोबल […]

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा विप्लव घोष नियुक्त

विराटनगर १४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा […]