भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

विराटनगर ७ असोज । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण ‘आरीघोप्टे वर्षा’ (मुसलधारे वर्षा) हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनस्र्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको […]

आज र भोलि वर्षाको सम्भावना

विराटनगर ६ असाेज । आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ। आज असोज ६ गते दिउँसो देशका हिमाली तथा […]

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट एक युवक घाइते

विराटनगर ३ असाेज । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार साँझ भएको गोली प्रहारबाट एक युवक घाइते भएका  छन् । वडा नम्बर १ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको गोली प्रहारबाट सोही ठाउँका २३ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको शरीरको पछाडि कम्मरमुनिको भागमा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको […]

संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन मुख्यमन्त्री कार्कीकाे आह्वान

विराटनगर ३ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिनुभएको […]

लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा एकै दिन दुई सामाजिक कार्यक्रम

विराटनगर २ असाेज । लायन्स क्लब अफ विराटनगर सोसियलले सामाजिक उत्तरदायित्वअन्तर्गत एकै दिन दुई वटा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। क्लबले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरेको हो। क्लबले सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सहकार्यमा विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा […]