शिक्षादीप कलेजद्धारा १२५ विद्यार्थी सम्मानित

विराटनगर १ फागुन । शिक्षादीप कलेज विराटनगरले कला, खेलकुद तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने १२५ विद्यार्थीलाई सम्मानित गरेको छ । ललितकला संगमले आयोजना गरेको जिल्ला स्तरिय प्रतियोगितामा प्रथम, दोश्रो र सान्तवना हुने विद्यार्थी, जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ‘फस्ट रनरअप’ भएका क्रिकेट खेलाडीहरु, बाँस्केटवल खेलाडीहरु र कलेजले सञ्चालन गरेको प्रि–इञ्जिनियरिङ र प्रि–मेडिकलको आन्तरिक परीक्षा तथा कक्षा […]

एमाले नेता ढकाललाई पितृशोक

विराटनगर २९ माघ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाललाई पितृ शोक परेको छ । ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको आज बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय ढकालको अन्तिम संस्कार विहीबार विराटनगरको परोपकार घाटमा गरिएको छ । उम्मेदवार ढकाललाई शोक परेको खबर पाएलगत्तै […]

प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर २९ माघ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ । विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं […]

कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो, काठमाण्डौं कमजोर

विराटनगर २९ माघ । कार्यसम्पादन मूल्यांकनमा विराटनगर पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा विराटनगर महानगरपालिकाले ७८.११ अंक पाएर देशभरिका ६ महानगरपालिकामध्ये पहिलो स्थान हासिल गरेको छ । काठमाडौं महानगरपालिकाले ४४.९७ अंक पाएर सबैभन्दा कमजोर स्थान ओगटेको छ। कार्यसम्पादन मूल्यांकनका लागि १७ सूचक आधारमा बजेट सार्वजनिक गर्ने समय, राजस्व परिचालन, […]

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सकियो

विराटनगर २९ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । जस अन्तर्गत बिहीबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, […]