विराटनगर महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित

विराटनगर १५ मंसिर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । वरिष्ठ कानुन व्यवसायी […]

बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक : अधिकारकर्मी

विराटनगर १३ मंसिर । सिविन नेपाल आज देखि ३७ औं वर्षमा प्रवेश गरेको छ । ३६ औं बार्षिकोत्सवको अवसरमा सिविन नेपाल कोशी प्रदेश कार्यालय विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरोकारवाला संस्थाहरुले बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक रहेको बताएका छन् । अधिकारकर्मी दिनेश श्रेष्ठले नेपाली बालबालिकाको क्षेत्रमा सिविनले सवैभन्दा महत्वपूर्ण काम गरेको बताउनु […]

कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु

विराटनगर ११ मंसिर । विराटनगर कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु भएको छ । होटल मनास्लुमा दुईदिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा उहाँले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक […]

तस्वीरमा विराटनगरको छठ पर्व

विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ ।

पाँच महिनादेखि थलिएकी सहनीको मेयर कोइरालाको पहलमा निःशुल्क उपचार

विराटनगर १३ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो । सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार […]