विराटनगर २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नु भएको छ । उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभयो । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र […]
विराटनगर २३ कात्तिक । विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा […]
विराटनगर २१ कात्तिक । विराटनगरका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाईने भएको छ । मोरङमा चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी कात्तिक २५ गते कार्यक्रमको शुभारम्भ गरिने भएको छ । मोरङमा पहिलो पटक यो कार्यक्रम शुरुवात गर्न लागिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले सरोकारवालाहरुका लागि आज विराटनगरमा आयोजना […]
विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]
विराटनगर २० कात्तिक । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति […]