सिजुवा १० फागुन । १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा आइतवार भव्यताका साथ सुरूआत गरिएको छ । रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वर प्रसाद सिंहले फागुन १०, ११ र १२ गतेसम्म चल्ने तीन दिवसीय प्रतियोगिताको उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन […]
विराटनगर ८ फागुन । फागुन ७ गते अर्थात, ७६ औँ प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर महानगरपालिका–४ स्थित मदरल्याण्ड एकेडेमी स्कुलले बिहीबार आयोजना गरेको ‘मदरल्याण्ड चित्रकला प्रतियोगिता’ का विजेता चयनका लागि मतदान गरिएको छ । यसले विद्यालय तहमा लोकतान्त्रिक अभ्यास, अभिभावक र विद्यार्थीबीचको अन्तरक्रिया र कला क्षेत्रको व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा उभ्याउने प्रयासका रूपमा आफूलाई स्थापित […]
विराटनगर ६ फागुन । विराटनगर सीमा क्षेत्रबाट ९ जना बालकहरुको उद्धार गरिएको छ । मंगलबार साँझ नेपाल भारत सीमा क्षेत्र रानिवाट काममा लगाईदिने भनी मधेश प्रदेशको सप्तरी जिल्लाका ९ देखि १४ वर्ष उमेरका ९ जना बालकहरूलाई भारत तर्फ लैजादै गर्दा सिमानाकामा कार्यरत साना हात नेपालको सहकार्यमा उद्वार गरिएको थियो । उद्धार गरिएका बालकहरुलाई ईलाका प्रहरी […]
मोरङ, ६ फागुन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले राससले परम्परागत भन्दा अलग्ग ,सुदृढ एवं प्रविधि मैत्री समाचार उत्पादन गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालय विराटनगरद्वारा राससको ६५ औँ वार्षिकोत्सव एवं पुरस्कार समर्पण समारोहमा ‘बासु रिमाल यात्री ’स्मृति पुरस्कारबाट रासस विराटनगरकी कार्यालय सहयोगी गौरी कारञ्जीतलाई आज नगद […]
विराटनगर ५ फागुन । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । आज पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् । विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई देखाउँदै […]