विराटनगर २४ माघ । मोरङ बुढीगंगा गाउँपालिका २ स्थित जेभियर्स इङ्लिस स्कुलले आज ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्कुलले बुढीगंगा गाउँपालिका स्तरिय परीक्षा, एसईई र हिसानको बार्षिक परीक्षामा पालिका भित्रमा उत्कृष्ट नतिजा दिन सफल विद्यार्थीलाई सम्मानित गरेको छ । कक्षा ८ को पालिका स्तरिय परीक्षामा छात्र […]
विराटनगर १६ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले ३२ औं अभिभावक दिवसको अवसरमा विश्वस्तरीय शिक्षा यहिँबाट प्रदान गर्ने प्रण गरेको छ । कक्षा नर्सरीदेखि ५ कक्षाका विद्यार्थीहरुसँगको आज पहिलो दिनको अभिभावक दिवसमा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विश्वका सम्पन्न मुलुकहरुमा दिइने स्तरको शिक्षा एभरेष्टबाट नै दिने प्रण गर्नुभएको हो । उहाँले अहिलेको सूचना […]
विराटनगर १२ माघ । पूर्वाञ्चल विश्वविद्यालयले दोश्रो संस्करणको अन्तरराष्ट्रिय सम्मेलन ( पियु आईकन) गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन आगामी माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । ‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, […]
विराटनगर १० माघ । विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलद्वारा सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको अन्तर–भजन कीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा प्रतिस्पर्धी भजन समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र […]
विराटनगर १० माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयीी भएका छन् । जुट मिल मैदान भएको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको गरेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट […]