पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन : कोइराला

विराटनगर २३ माघ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनु भएको छ । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पार्नुभयोे । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले […]

डीआईजी ज्ञवालीद्वारा तालिम केन्द्रको निरीक्षण

विराटनगर, २२ माघ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले आज विराटनगरस्थित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गर्नु भएको छ । प्रदेशको प्रहरी प्रमुख बनेर आएपछि ज्ञवालीले प्रहरी कर्मचारी उत्पादनस्थलका रूपमा रहेको तालिम केन्द्रको पहिलोपटक स्थलगत निरीक्षण गर्नु भएको हो । त्यस क्रममा उहाँले केन्द्रका सम्पूर्ण शाखा, मेश तथा ब्यारेकहरुको निरीक्षण गर्दै प्रहरी […]

प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालय बढ्न सक्छन् : मुख्यमन्त्री कार्की

विराटनगर, २२ माघ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको कार्यवोझका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने बताउनु भएको छ । प्रदेशलाई अधिकार सम्पन्न बनाएपछि कार्यवोझका आधारमा १ वा २ वटा मन्त्रालय थपिन सक्ने उहाँको भनाइ छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यक्रमलाई […]

एक्स्पो रोक्न उच्च अदालतबाट भएन निषेधाज्ञाको आदेश

विराटनगर २० माघ । बाटो छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिएन । उच्च अदालत विराटनगरका न्यायधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम आज विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । विराटनगर महानगरपालिका–२ […]

राष्ट्रपतिमा एमालेको उम्मेदवार नै सत्तापक्षको हो : ओली

विराटनगर १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताउनु भएको छ । सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाई छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयोे,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्काे उम्मेदवार नहुने उहाँको भनाई छ […]