सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको आयोजनामा वनभोज तथा सम्मान कार्यक्रम

विराटनगर ११ माघ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको आयोजनामा बनभोज तथा सम्मान कार्यक्रम गरिएको छ । शनिबार  सुनसरीको पर्यटकीय क्षेत्र बर्जु तालमा आयोजित बनभोन कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको पाँचौं महाधिवेशनमा निर्वाचित केन्द्रीय अध्यक्ष सुजना जोशी, महासचिव ममता प्रधान, प्रतिनिधि परिषद् उपप्रमुख गङ्गा तामाङलाई सम्मानित गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश अध्यक्ष कला डाँगीले […]

राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशद्धारा पूर्व कर्मचारी र कृषक संस्था सम्मानित

विराटनगर १० माघ । राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेश कार्यालयले ६१ औं स्थापना दिवसको अवसरमा एक पूर्व कर्मचारी र एक कृषक संस्थालाई सम्मानित गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा पूर्वकर्मचारी ज्येष्ठ सदस्य देवेन्द्रबहादुर श्रेष्ठ र कृषक संस्था विराट बायोटेक इण्डष्ट्रिज प्रालि ग्रामथान–१ मोरङलाई सम्मानित गरेको छ । कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलसँग […]

मार्टस मेमोरियल स्कुलद्वारा आयोजित भजन प्रतियोगितामा पारिजातलाई उपाधि

विराटनगर १० माघ । विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलद्वारा सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको अन्तर–भजन कीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा प्रतिस्पर्धी भजन समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र […]

हिसान क्रिकेटमा अर्किट र कान्तिपुर विजयी

विराटनगर १० माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयीी भएका छन् । जुट मिल मैदान भएको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको गरेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट […]

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पुरा

विराटनगर १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । आईतबार (भोली) विहान १० देखि ३ वजे सम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ । कोशी प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा हुने छ । निर्वाचनका लागि सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थराज अधिकारीले […]