मोेरङ सुन्दरहरैचाको सिद्धार्थ स्कुलमा वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर २९ फागुन । सुन्दरहरैचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । आजदेखि स्कुल प्राङ्गमा तीन दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन सुरु गरिएको हो । कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभावक […]

एमाले उम्मेदवार विनाेद ढकालकाे निर्वाचन खर्च ९ लाख ७० हजार

विराटनगर २८ फागुन । नेकपा एमाले माेरङ ६ का उम्मेदवार विनाेदप्रसाद ढकालले फागुन २१ गते सम्पन्न निर्वाचनमा ९ लाख ७० हजार खर्च भएकाे विहिबार सार्वजनिक गर्नु भएकाे छ । निर्वाचनमा ७ लाख ५५ हजार आम्दानी भएकाे र तिर्न बाँकी २ लाख १५ हजार ४५८ रहेकाे विवरणमा उल्लेख छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बुझाइएको विवरणअनुसार […]

एमाले कोशीद्धारा चैत २५ सम्ममा निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन

विराटनगर २८ फागुन । नेकपा एमाले कोशी प्रदेश कमिटीले १४ वटै जिल्लाको निर्वाचन समीक्षा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । आगामी चैत २५ गतेभित्रमा क्षेत्रीय समन्वय कमिटीका बैठकहरु आयोजना गरि समीक्षा बैठक गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । क्षेत्रीय समन्वय कमिटीबाट आएका प्रतिवेदनहरुका आधारमा जिल्लागत प्रतिवेदन तयार गरि प्रदेश कमिटीमा पठाउन परिपत्र गरिएको छ […]

मोरङ ६ की रास्वपा सांसद आचार्यको चुनाव खर्च १२ लाख ४० हजार

विराटनगर २८ फागुन । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरेर चर्चामा आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद रुविना आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन् । उनले बिहीबार पेस गरेको विवरण अनुसार निर्वाचन अभियानका क्रममा कुल १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ […]

कोशी प्रदेशमा १ लाख ३० हजार मत बदर

विराटनगर २८ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा समानुपातिकमा भन्दा प्रत्यक्ष तर्फ मत बदर बढी भएको छ । प्रत्यक्ष तर्फ २० लाख ८४ हजार २१९ मत खसेकोमा १ लाख ३० हजार ८४७ मत बदर भएको छ । समानुपातिक तर्फ ९८ हजार ३३४ मत बदर भएको छ । प्रत्यक्ष तर्फ कुल सदरको ६ दशमलव […]