विराटनगर २९ असोज । विराटनगरको कञ्चनबारीमा रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा आएको छ ।
तीन जना युवाको संयुक्त लगानीमा बिहीबारदेखि सञ्चालनमा आएको बफेटमा ३० भन्दा बढी प्रकारका खानाका परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन् । बफेटमा ७९९ रुपैयाँमै ३० भन्दा बढी प्रकारका खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक पप्पु अन्सारीले जानकारी दिनुभयो ।
ग्राहकलाई एउटै स्थानमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने उद्देश्यले बफेट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । करिब ५० लाख रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको बफेटमा श्याम तिम्सिना, रञ्जनकुमार शाही र पप्पु अन्सारीको लगानी रहेको छ ।
रोयल बफेट एण्ड गेस्ट हाउस सञ्चालनमा ल्याएका युवाहरू यसअघि पनि खाद्य तथा आतिथ्य सेवासम्बन्धी व्यवसायमा संलग्न रहँदै आएका छन ।
रोयल बिरयानी विराटनगरसहित विभिन्न स्थानमा एक दर्जनभन्दा बढी शाखा सञ्चालनमा रहेको जनाइएको छ ।