ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर २५ भदौ । ब्राइट भिजन ल कलेज विराटनगरले बीएएलएलबीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रमा अध्ययन सुरु गरेका विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, पाठ्यक्रम तथा अध्ययनका क्रममा अपनाउनुपर्ने विषयबारे जानकारी गराउने उद्देश्यले बुधबार अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले कानून शिक्षा अध्ययन […]

भोटेकोशी बाढी पीडितका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), मोरङले भोटेकोशी बाढी पीडितका लागि ५४ लाख ६५ हजार ८३४ रुपैयाँ सहयोग जम्मा गरेको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५५५ र हिसान केन्द्रीय समितिले बाढी पीडितका लागि प्रदान गर्ने राहत कोषमा २८ लाख ३२ हजार […]

विराटनगरमा असोज २२ देखि ट्रेड फेयर

विराटनगर, २५ भदौ । दशैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा हुने मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका करिब १०० वटा स्टल रहने संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिनुभयो । मेलामा […]

खिलेश्वरी पत्रकारिता पुरस्कार शम्भु पोखरेललाई

विराटनगर २५ भदौ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले खिलेश्वरी पत्रकारिता पुरस्कार पत्रकार शम्भु पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्बर–खिलेश्वरी प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कार कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार पोखरेललाई प्रदान गर्ने निर्णय गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाको १४औँ बैठकले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै […]

विराटनगरको अर्किड कलेजद्वारा बाढी प्रभावितका लागि ५ लाख सहयोग

विराटनगर २४ भदाै । बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित अर्किड कलेजले ५ लाख १ हजार ३ सय ४१ रुपैयाँ सहयोग गरेको छ । कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलित उक्त रकम आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो […]