विराटनगर १८ साउन । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका बारेमा स्वविवेक उजुरी ग्रहण गरी अनुसन्धान सुरु गरेको छ । आयोगले स्थलगत रुपमा अनुसन्धान पनि सुरु गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई घटनासम्बन्धी विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगको विराटनगर […]
विराटनगर १८ साउन । एभरेष्ट स्कुल विराटनगरका विद्यार्थीले मोरङको लेटाङ नगरपालिका–१ स्थित ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थल ‘राजारानी’ क्षेत्रको एकदिने शैक्षिक हाइकिङ (पदयात्रा) गरेका छन् । कक्षा १२ का विद्यार्थीले शनिबार बिहान लेटाङ–२ को किराँत चोकबाट करिब डेढ घण्टाको पैदल यात्रा गरेका हुन । विद्यार्थीले चुरेको हरियाली, चराचुरुंगीको आवाज र प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अनुभव गरे […]
विराटनगर १७ साउन । मोरङ लेटाङका धार्मिक गुरुहरुद्धारा धर्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त आग्रह गरेका छन् । हिन्दु धर्मका गुरु राजेन्द्र ढकाल, इस्लाम धर्मका मौलाना मो.अताउल्लाह, बौद्ध धर्मका लामा राजेन्द्र स्वाङ्वो, इसाई धर्मका पाष्टर आकाश थुलुङ, किराँत धर्मका गुरु धर्मराज लिम्वुले संयुक्त अपिल जारी गर्दै कप्तानगञ्ज घटनाबाट पाठ सिक्दै सबैले आ–आफ्नो ठाउँबाट […]
विराटनगर १७ साउन । सुनसरी देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै पुरानै लयमा फर्किन थालेको छ । केही दिनसम्म कफ्र्यु र सुरक्षा संवेदनशीलताका कारण सुनसान बनेका बजार तथा राजमार्गमा अहिले पुनः चहलपहल देखिन थालेको हो । इनरुवा बजार क्षेत्रका अधिकांश व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । […]
विराटनगर १६ साउन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र कानुनी शासन सुदृढ बनाउन कानुन अध्ययन गर्ने विद्यार्थीहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनु भएकाे छ । शनिबार विराटनगरस्थित डिग्री क्याम्पसमा आयोजित एलएलबी अध्ययन कार्यक्रमको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले संविधान र कानुनको प्रभावकारी कार्यान्वयनका लागि सक्षम, जिम्मेवार […]