प्रदेश १ : ६० प्रतिशत मत खस्यो

विराटनगर, ४ मंसिर । प्रदेश १ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।साँझ ५ वजे सम्म करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए । कुल खसेको मतको अन्तिम विवरण संकलनको काम भईरहेको उनले बताए । अधिकारीका अनुसार प्रदेशभर कतैपनि पनि मतदान स्थगित […]

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर १ मंसिर । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनैपनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले आज मध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसवीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनैपनि प्रभावमा नपर्न आग्रह गर्नुभएको हो […]

सत्ता गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ : ओली

विराटनगर, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन । निर्वाचनपछि गठबन्धनको काम सकिने उहाँको भनाइ छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयोे,‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने उहाँको दाबी […]

आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले जित्नुपर्छ : प्रचण्ड

विराटनगर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनु भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गछियामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास गठबन्धनबाट मात्रै सम्भव भएको जिकिर गर्नु भयो । फेरि प्रतिगमनविरुद्ध आन्दोलन गर्न नपरोस् […]

पत्रकार महासंघ मोरङको साधारणसभा उर्लाबारीमा

विराटनगर २८ मंसिर । नेपाल पत्रकार महासंघ मोरङका बार्षिक साधारणसभा आगामी मंसिर १६ गते शुक्रबार उर्लाबारीमा गर्ने निर्णय गरेको छ । सोमबार विराटनगरमा बसेको कार्यसमितिको १२ औं बैठकले साधारणसभा उर्लाबारीमा गर्ने निर्णय गरेको सचिव नेत्र पी अधिकारीले बताउनुभयो ।साधारणसभा व्यवस्थापनका लागि उपाध्यक्ष मोहन भट्टराईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समिति सदस्यहरुमा सहसचिव […]