आज काग तिहार

विराटनगर २ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो […]

विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित

विराटनगर १ कात्तिक । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् । आन्दोलनमा आउनुअघि अस्पताल प्रशासनलाई […]

मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धानमा विशेष ध्यानदिनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुलुक समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताउनु भएको छ । मोरङको वुढीगंगा गाँउपालिकास्थित विश्वविद्यालयको पाँचौ सभाको आज उद्घाटन गर्दै उहाँले शैक्षिक र उत्पादन मुलुक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानु पर्ने विचार राख्नुभयो । […]

तिहार अर्थात यम पञ्चक आजदेखि सुरु

विराटनगर १ कात्तिक । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक […]

मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ : ओली

विराटनगर ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पार्नु भएको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उहाँले बताउनुभयो । ‘केही साथीले राजीनामा माग्नुभाछ । […]