मोरङमा १० दिनमा १५ सय मतदाता थपिए

विराटनगर २८ असोज । मोरङमा १ हजार ५ सय मतदाता थपिएका छन् । असोज १० देखि २८ गते सम्म कार्यालय सञ्चालन भएको १० दिनको अवधिमा १ हजार ५३० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुशार असोज १० गते २५ जना, १२ गते २१४ जना, १९ गते ८ जना, २० गते ३६ जना, २१ गते […]

चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

विराटनगर २७ असोज । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोका गर्न निर्णय गरिएको बताउनुभयो। गत […]

कोशी प्रदेश बालबालिका संरक्षण ऐन संशोधन गरि प्रभावकारी बनाउन सुझाव

विराटनगर २७ असोज । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा संशोधन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । ऐनको प्रभावकारी कार्यन्वयन पनि हुन नसकेको उनीहरुले बताएका छन् । बालबालिका संरक्षण ऐनबारे स्थानीय तह बेखवर रहेको सरोकारवालाहरुको भनाई छ । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आज आयोजना गरेको उत्तर विधायीकी परिक्षण कार्यशालामा ऐनको कार्यन्वयन […]

चित्रकलाको माग हुन छाडेपछि नि : शुल्क बाँड्दै डंगोल

विराटनगर २६ असोज । विराटनगरका भरत डंगोल ६० वर्षको हुनुभयो । २०६२ सालदेखि व्यवसायिक रुपमा चित्रकला मार्फत जिविकोपार्जन गर्दै आउनु भएका उहाँको पेशा अहिले संकटमा परेको छ । चित्रकलाको माग हुन छाडेपछि उहाँले व्यवसाय बन्द गर्ने मनस्थिति बनाउनु भएको छ । विराटनगरमा डिके आर्ट सञ्चालन गरेर व्यवसाय गर्दै आउनु भएका उहाँले आर्ट सेन्टरमा रहेका चित्रकलाहरु […]

आन्तरिक मामिला मन्त्रालयको विपद् सामग्री स्टोरमा आगजनी गर्दा सवै जलेर नष्ट

विराटनगर २६ असोज । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आजगनी गर्दा विपद्का सवै सामग्रीहरु जलेर नष्ट भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरुले तोडफोड तथा मन्त्रालय परिसरमा रहेको विपद्का सामग्री राखिएको स्टोरमा आगजनी गर्दा लाखौं मूल्य बराबरको सामान जलेर नष्ट भएको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख […]