विराटनगर ३ मंसिर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै आज बसेको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो । […]
विराटनगर १ मंसिर । नेकपा (एकीकृत समाजवादी)को विराटनगर महानगर कमिटी नेकपा (एमाले)मा समाहित भएको छ । पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’अन्तर्गत विराटनगरमा सोमबार बसेको एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमार्फत एकीकृत समाजवादीको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो । पार्टीका महानगर अध्यक्ष वीरेन्द्र यादवसहितको पार्टी कमिटी एमालेमा फर्किएको जनाइएको छ । साथै, एकीकृत […]
विराटनगर– विराटनगरको ग्रीनल्याण्ड कलेज अध्ययन गरेकी स्मृति खाँले गत वर्ष एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सकिनन् । उनको पहिलो प्रयास असफल भयो । तर, उनलाई त्यतिकैमा रोकिन मन लागेन । फेरि प्रयास गर्ने अठोट लिईन् । गत वर्षको असफलतालाई यस वर्ष सफलतामा पुर्याईन् । दोश्रो प्रयासमा उनले छात्रा तर्फ ५१ औं नम्वरमा नाम […]
विराटनगर ३० कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटको सुनुवाइ सरेको छ । सुनुवाइका लागि न्यायाधीश तिल प्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी चढेको थियो। लिखित जवाफ नियमअनुसार नआएपछि मुद्दामाथि आज सुनुवाइ हुन सकेन । यसअघि गत बुधबार उक्त विवादमा सुनुवाइ गर्दै मधेश प्रदेश प्रमुखको तर्फबाट लिखित जवाफ […]
विराटनगर ३० कात्तिक । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको ३ महिनामा करिव १२ करोड राजश्व संकलन गरेको छ । साउन देखि असोज सम्मको अवधिमा आन्तरिक तर्फ ११ करोड ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा […]