विस्तृत शान्ति सम्झौताको १९ वर्ष पुरा, कोशीका द्वन्द्वपीडित न्यायको पर्खाइमा

विराटनगर ५ मंसिर । एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको छ तर पीडितको अवस्था अझै पनि उस्तै छ । कोशी प्रदेशका द्वन्द्वपीडित परिवारले अझै न्याय पाउन नसकेको गुनासो गरेका छन् । प्रदेशभरका २ हजार ७९ द्वन्द्व पीडित परिवार न्याय र परिपूरणको प्रतीक्षामा छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर […]

मोरङमा ४३ हजार मतदाता थपिए

विराटनगर ५ मंसिर । मोरङमा ४३ हजार मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि गत असोज १० देखि मंसिर ५ गते सम्मको अवधिमा ४३ हजार ८३५ मतदाताले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थ अधिकारीका अनुशार १६ हजार ४ सय ८ जनाले प्रदेशको निर्वाचन […]

बालबालिकाका लागि पर्याप्त लगानी पुगेन : मन्त्री राई

विराटनगर ४ मंसिर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बालबालिकाका लागि पर्याप्त लगानी पुग्न नसकेको स्वीकार गर्नु भएको छ । बालबालिकाको क्षेत्रका लागि जति लगानी आवस्यक छ, त्यो हुन नसकेको उहाँको भनाई छ । सिविन नेपाल विराटनगरको व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा ३६ औं अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजित […]

एमाले राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४३ जना प्रतिनिधि हुने

विराटनगर ४ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ४३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । महाधिवेशनका लागि आयोजक बाहेक भूगोलबाट सो संख्यामा प्रतिनिधि छनौट गरिने भएको हो । राष्ट्रिय महाधिवेशनका लागि देशभर एकै दिन मंसिर १३ गते प्रतिनिधि छनौट गरिदैछ । संघीय ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट ४३ […]

एमाले कोशीद्धारा ५ नेतालाई कारवाही

विराटनगर ३ मंसिर । नेकपा एमाले कोशी प्रदेशले विभिन्न जिम्मेवारीमा रहेका ५ नेताहरुलाई कारवाही गरेको छ । कोशी प्रदेश कमिटीको विराटनगर सम्पन्न नवौं पूर्ण बैठकले प्रदेश कमिटी सदस्य द्वारीकलाल चौधरी (सुनसरी)ले पार्टी नीति र नेतृत्व प्रति अनास्था फैलाउने अराजक खालका गतिबिधि सामाजिक सञ्जाल र विभिन्न मिडियामा प्रचारबाजी गर्ने गरेको र यसो नगर्न सम्झाउदा समेत नटेर्ने […]