लक्ष्मीपूजामा १६५० मेगावाट बिजुली खपत

विराटनगर ४ असोज । लक्ष्मीपूजा अर्थात सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । ‘ बिजुलीको राष्ट्रिय उच्च माग १६ सय ५० मेगावाट थियो,’ प्राधिकरणका प्रवक्ता राजन […]

आज लक्ष्मी पूजा

विराटनगर ३ कात्तिक । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, […]

आज कुकुर तिहार

विराटनगर ३ कात्तिक । यमपञ्चकको तेश्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार पर्व मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका […]

आज काग तिहार

विराटनगर २ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो […]

विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित

विराटनगर १ कात्तिक । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् । आन्दोलनमा आउनुअघि अस्पताल प्रशासनलाई […]