एमालेमा लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली

विराटनगर, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दाे अन्तरघात भएको बताउनु भएको छ । संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताउनुभयो ।चुनाबमा एमाले नहारेको पनि उहाँले बताउनुभयो । एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको […]

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

विराटनगर, ११ जेठ । विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको जनाएको छ । राप्रपा मोरङ अध्यक्ष माधव आचार्यले विराटनगरको विकासका लागि कोइरालालाई समर्थनसँगै सहयोग गर्ने बताउनुभयो । “अब […]

करको दर घटाउने विराटनगरका प्रमुख कोइरालाको पहिलो निर्णय

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पदभार ग्रहण गर्दै करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समितिलाई निर्देशन दिएका छन् । चुनावी प्रतिबद्धता अनुसार अनुसार उनले पहिलो निर्णय नै कर घटाउन निर्णय गरेका हुन । सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर, सवारी साधन कर, भूमि कर(मालपोत), मनोरञ्जन […]

मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुद्धारा सपथग्रहण

विराटनगर, ९ जेठ । मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुले विराटनगरमा सपथग्रहण गरेका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा १७ वटै पालिकाका प्रमुखहरुले सपथग्रहण गरेका हुन् । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालले उनीहरुलाई सपथग्रहण गराए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए […]

विराटनगरमा कांग्रेसको विजयोत्सव ( फोटो फिचर)

विराटनगर, ८ जेठ । नेपाली कांग्रेस महानगर समितिको आयोजनामा आज विराटनगरमा भव्य विजय र्याली निकालिएको छ । महानगर प्रमुखमा निर्वाचित नागेश कोइराला, वडाध्यक्षहरु, सदस्यहरु सहभागि भएको र्यालीका कांग्रेस नेताहरु डा. शेखर कोइराला, डिला संग्रौला, अमृत अर्याल लगायतका नेताहरु सहभागि भएका थिए । कांग्रेसले महानगर प्रमुख सहित ६ वडाध्यक्ष जितेको छ ।