विराटनगर, ४ वैशाख । मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।बुधबार विहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजयी हासिल गरेको छ ।नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख […]
विराटनगर, ३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षकी उम्मेदवार राजमति इङ्नाम ८ हजार ९७५ मत ल्याएर निर्वाचित भएकी हुन । उनले नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई ३ हजार १२९ मतअन्तरले पराजित गरेकी हुन । भट्टराईले ५ हजार ८४६ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भोलाप्रसाद अधिकारी विजयी भएका […]
विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा १६ हजार ३ सय ४३ मत गणना गर्दा मेयर– उपमेयरमा १२ हजार भन्दा बढी मत बदर भएको छ । आज दिउँसोसम्म १६ हजार ३ सय ४३ मत गणना गर्दा मेयरमा ५१४६ र उपमेयरमा ७२११ मत बदर भएको छ । मेयर उपमेयर दुवै पदको बदर मत जोड्दा १२३५७ हुन्छ । […]
विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले अग्रता कायमै राखेका छन् । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला ५६९३ मतका साथ अगाडि हुनुहुन्छ । एमालेका मेयर उम्मेदवार सागर थापा ४०८३ मतका साथ कोइरालालाई पछ्याइरनु भएको छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १९७४ र राप्रपाका प्रल्हाद साहले १०१५ मत पाउनु […]
विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विराटनगरमा हालसम्म ९२७८ मत गनिएको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २९३२ मत ल्याएर अग्रता कायमै राख्नु भएको छ । मेयरमा एमाले उम्मेदवार सागर थापाले २१२३ मत प्राप्त गर्नु भएको छ […]