विराटनगर १७ फागुन । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै […]
विराटनगर १६ फागुन । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा […]
मोरङ, १५ फागुन । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिबिसी विश्व सेवाबाट प्रसारित जेन्जी आन्दोलनको डकुमेन्ट्री हटाउन पत्राचार गरेको बताउनु भएको छ । विराटनगरमा आज निर्वाचन सुरक्षा सम्बन्धी अनुगमनमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गदै उहाँले आयोगले हिजो यस सम्बन्धमा पत्र लेखेको जानकारी दिनु भयो । आयुक्त भण्डारीले उक्त संस्था विदेशी कानुन […]
विराटनगर १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ । निर्वाचन हुन ६ दिन मात्रै रहेकाले कुनै हल्लाकाे पछि नलाग्न उहाँको आग्रह छ । निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित शुक्रबार विराटनगर आउनु भएका भएका गृहमन्त्री अर्यालले पत्रकारसँगकाे कुराकानीमा विगतकाे भन्दा […]
विराटनगर १५ फागुन । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास आज बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापन एमएल अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना […]