विराटनगर २२ असार । नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वेले अन्तिम ८ मा स्थान बनाएको हो । नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्याे ।
नर्वेको जितमा दुवै गोल एर्लिङ हालान्डले गरे । उनले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन । ब्राजिलका लागि अन्तिममा नेयमारले सान्त्वना गोल फर्काए। खेल सकिनै लाग्दा ९०ं१० औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गरेका हु्न ।
योसँगै उनले जारी विश्वकपमा गोल संख्या ७ पुर्याएका छन । गोन्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका किलियन एम्बाप्पे पनि ७ गोलसँगै दौडमा छन ।
नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ । पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा अन्तिम १६ बाटै टुंगिएको छ ।