कोशीमा ४३९ मतदानस्थल अतिसंवेदनशील

विराटनगर २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान […]

विराटनगरको शाख फर्काउन एमाले उम्मेदवार ढकाललाई जिताउन उपमहासचिव भट्टराईको आग्रह

विराटनगर १८ माघ । मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा भव्य रुपमा सम्पन्न भएको छ । चुनावी सभामा हजारौंको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिका कार्यालय अघिको सडकबाट र्याली सहित शुरु भएको अन्तिम चुनावी सभा महेन्द्र चोकमा पुगेर कोणसभा गरि सम्पन्न भएको हो । चुनावी सभामा एमाले उपमहासचिव योगेश […]

आज हिमाली एवं पहाडी जिल्लामा होली पर्व

विराटनगर १८ फागुन । फागुपूर्णिमा अर्थात होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षाेल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा […]

उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि शुरु हुने

विराटनगर १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन । प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका […]

मोेरङमा निर्वाचन तयारी अन्तिम चरणमा, मतगणना ६ वटै क्षेत्रबाट गरिने

विराटनगर १७ फागुन । मोेरङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरु र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका […]