विराटनगर १७ माघ । सीएनआई कोसी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विहीबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षे केपी शर्मा ओलीले उद्घाटन गर्ने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।विराटनगर महानगरपालिका–२ स्थित शंकरपुरमा माघ १९ देखि २८ गते सम्म सञ्चालन हुने अन्तराष्ट्रिय स्तरको कृषि […]
विराटनगर, १७ माघ । जिल्ला प्रशासन कार्यालय मोरङले सेवाग्राहीलाई एक घण्टाभित्र नागरिकता प्रमाणपत्र उपलव्ध गराउने भएको छ । मोरङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार एवं मानवअधिकारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा नागरिकता प्रमाणपत्र लिनका आवश्यक पर्ने सम्पूर्ण कागजपत्र उपलव्ध गराएको अवस्थामा एक घण्टा भन्दा अझ छिटो समयमा […]
विराटनगर १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने […]
विराटनगर १६ माघ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन महानगरपालिकाले होटल तथा मदिरा व्यवसायीहरुसँग आग्रह गरेको छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले महानगरले सुरु गरेको अभियानमा साथ दिन व्यवसायीहरुसित आग्रह गरे । उनले […]
विराटनगर १६ माघ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन […]